फिफा विश्वकपः पहिलो खेलमा इक्वेडर २–० ले विजयी, भ्यालेन्सियाले बनाएको यो रेकर्ड

रेडियो गौशाला , ११००  पटक हेरिएको

एजेन्सी । कतारमा सुरु भएको विश्वकप फुटबलको पहिलो खेलमा इक्वेडर विजयी भएको छ।

इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल नै यो खेलका लागि निर्णाय बने ।

इक्वेडरका भ्यालेन्सियाले पहिलो गोल खेलको १६ औं मिनेटमा पेनाल्टी सुटआउटमा गरेका थिए ।

उनले दोस्रो गोल खेलको ३१ औं मिनेटमा गरे ।

अहिलेसम्म विश्वकपको पहिलो खेलमा पहिलो गोल पेनाल्टीबाट भएको यो पहिलो पटक हो ।

त्यस्तै, विश्वकप फुटबलमा इक्वेडरका लागि अन्तिम पाँच गोल भ्यालेन्सियाले नै गरेका छन् । यसअघि पोर्चुगलका युसेयिबो, इटालीका पाओलो रोस्सी, रुसका ओलेग सालेन्कोले आआफ्नो देशका लागि विश्वकपमा लगातार ६ गोल गरेर रेकर्ड बनाएका छन् । अब भ्यालेन्सियाले अर्को खेलमा इक्वेडरको पहिलो गोल गरेमा उनी यही रेकर्डको समान हुनेछन् ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : ०७:४३:५६ , २ वर्ष अगाडि