गौशालामा एक महिलाको हत्या भएको अवस्थामा शव फेला

रेडियो गौशाला , १६८५  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।

धारिलो हतियार प्रहार गरेर हत्या भएको अवस्थामा गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवकी श्रीमती १९ वर्षीया खुश्बु यादवको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।

गए राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : १४:३२:०६ , ३ दिन अगाडि