रेडियो गौशाला , ३८३ पटक हेरिएको
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ ।
अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताएका बीबीसीले जनाएको छ ।
आइतबार नै केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सेवा सुरु हुने बताएको थियो । उसले अमेरिकामा टिकटक पुनः सुरु गर्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने बताएको हो ।
अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो । योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो ।
प्रकाशित मिति: २०२५-०१-२० , समय : ०९:०८:०८ , १३ घन्टा अगाडि