रेडियो गौशाला , ७७९ पटक हेरिएको
वीरगन्ज – आफ्नै बुहारीको हत्या गरेको आरोपमा सासु चार वर्षपछि रौतहटबाट पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गढीमाई नगरपालिका–२ समनपुर बस्ने ६२ वर्षीया सायरा खातुन छिन्।
पक्राउ परेकी खातुनले २०७७ जेठ ८ गते आफ्नै बुहारी २२ वर्षीया निसनारा खातुनको कुटपिट गरी मुखमा कपडा कोचेर हत्या गरेको प्रहरीले जनाएको छ।
फरार रहेकी सायरालाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए।
पक्राउ परेकी सयरालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको उनले बताए।
प्रकाशित मिति: २०२५-०१-१२ , समय : २१:४८:१९ , ३ हप्ता अगाडि