रेडियो गौशाला , २८६ पटक हेरिएको
काठमाडौँ – युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ घर भएकी २५ वर्षीया गौरीकुमारी बरालको उपचारका क्रममा आज मृत्यु भएको हो।
रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्बरमा बराल माल्टा पुगेकी थिइन्। जनवरी ५ मा सडक दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल ‘रेम्स’ले जानकारी दिएका हुन्।
बरालको परिवारको सल्लाहबमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको उनले बताए।
प्रकाशित मिति: २०२५-०१-११ , समय : २१:२४:५५ , ६ घन्टा अगाडि