शहिद पत्रकार महिला उमा सिंहको आज १६औं स्मृति दिवस 

रेडियो गौशाला , ३१९  पटक हेरिएको

रेडियो गौशाला , महोत्तरी । सहिद पत्रकार उमा सिंहको हत्याको आज १६ वर्ष पुगेको छ ।

आमा सुशिला सिँहसँगै बस्दै आएकी उनी पत्रकारिताको क्रममा २०६५ साल पौष २७ गते जनकपुरको रजौलस्थित डेरामा मारिएकी थिइन् ।

राति करिब ७ः३० बजेको समयमा गोविन्द कार्कीको घरमा डेरा लिएर बसेकी उनलाई एक समूहले आक्रमण गरेको थियो ।

सिँहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी सख्त घाईते बनाएका थिए ।

आक्रमण लगत्तै उपचारको लागि जनकपुरधाममा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौ लैँजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सिँहलाई उनकै भाउजू ललिता सिँहले धनको लोभमा हत्या गराएको ठहर छ । निर्ममतापूर्वक हत्या गरिएका पत्रकार सिंहको १६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्ने बताइएको छ ।

प्रकाशित मिति: २०२५-०१-११ , समय : ०८:०५:२७ , १६ घन्टा अगाडि