रेडियो गौशाला , ५४७ पटक हेरिएको
काठमाडौं – बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्ग बस्ने वर्ष ४८ का नन्दे सनाईले ८ वर्षीया विनिता सनाईको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही नगरपालिका बस्ने हर्क सनाई र तुला देवि सनाईकी ८ वर्षीया छोरी विनिता घर पछाडी खेलिरहेको बेला नन्देले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा सूचना अधिकारी जनक बोहराले जानकारी दिनुभयो ।
नन्देले बालिकाको धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लुकेर बसेको मृतक बालिकाको जेठो बुबा लुलाराम नेपालीले जानकारी दिनुभयो ।
सनाईले बालिकालाई धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लिएर घरको ढोकाको चुक्कुल लगाएर घरमा बसेको बेलामा प्रहरीले उसलाई नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अभियुक्त सनाईलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आफन्तको जाहेरी आउने वित्तिकै उसलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।”
अभियुक्त सनाइले हत्यामा प्रयोग गरेका हँसिया कोदालो र बन्चरो सबै हतियार नियन्त्रण गरेर उसलाई हिजै राति जिल्ल प्रहरी कार्यालयमा राखेको छ । मृतक बालिकालाई पनि पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखेको सूचना अधिकारी बोहराले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-१२-१४ , समय : १७:५०:५७ , १ हप्ता अगाडि