रेडियो गौशाला , १००७ पटक हेरिएको
काठमाडौं- एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो ।
यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ । यता, जनकपुरले अंकतालिकामा बलियो रुपमा प्रस्तुत गरेको छ ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी पूरै ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन जोड्दा टम मोरिसले ३१ रनको योगदान गरे ।
ओपनर अजुर्न साउदले २० र सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
जनकपुरका लागि हर्ष थाकेरले ५ विकेट लिए ।
यसअघि जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको थियो
जनकपुरका लागि कप्तान अनिल साहले ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
शुभ कंसकारले २२ रनमा अविजित रहे । लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए ।
लुम्बिनीका लागि अभिशेष गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए ।
प्रकाशित मिति: २०२४-१२-०८ , समय : १२:२८:०७ , २ हप्ता अगाडि