रेडियो गौशाला , १३०४ पटक हेरिएको
गौशाला- महोत्तरीको बर्दिबासबाट काठमाण्डौकोलागी बिरामी बोकेको एम्बुलेन्स भित्र लुकाएर लैजाँदै गरेको लागुऔषधसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिवासबाट बिरामी लिएर बिपी राजमार्ग हुँदै गईरहेको एम्बुलेन्स र त्यसका चालकलाई बिहिवार राती ९ बजे काभ्रेपलाञ्चोक जिल्लाको मंगलटार स्थित वि.पि.राजमार्गमा रहेको प्रहरी चेकप्वाईट र ई.प्र.का.मंगलटारबाट खटिएको प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागुऔषध ब्युरो शाखा कार्यालय बर्दिवासले दिएको बिशेष सुचनाको आधारमा ज.१.च.१९०८ नम्बरको एम्बुलेन्स सहित त्यसका चालक धनुषाको धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुर बस्ने बर्ष ४४ को सुरेश मिजारलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रहरीले एम्बुलेन्सबाट लागु औषध डाईजेपाम १ सय थान फेनेरगन १ सय थान र बुप्रेनोफाईन १ सय थानगरी जम्मा ३ सय थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ। सो घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ।
प्रकाशित मिति: २०२४-१२-०६ , समय : २२:२१:२३ , २ हप्ता अगाडि