पत्रकार महासंघको अध्यक्षमा पाँच जनाको उम्मेदवारी, कुन पदमा को? (सूची)

रेडियो गौशाला , १९६८  पटक हेरिएको

काठमाडौँ- नेपाल पत्रकार महासंघको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्।

महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। जसअनुसार, अध्यक्षमा कमल गिरी, देवीप्रसाद सापकोट, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडी, दिपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा महिलातर्फ गंगा पौडेल (बराल) र नितु पण्डित उम्मेदवार बनेका छन्। उपाध्यक्षमा समावेशीतर्फ उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्।

महासंघको महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्। सचिवमा खुल्लातर्फ उत्तमसिंह विष्ट, कुमार ओझा, केदारनाथ भट्टराई, छविलाल दाहाल, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडा उम्मेदवार बनेका छन्।

सचिवमा महिलातर्फ कल्पना शर्मा, सरिता बराइली र सोनी शर्मा, आदिवासी जनजातितर्फ टीकाराम प्रधान, भिसन राई र सविन प्रियासन, मधेशीतर्फ अशोककुमार तिवारी, प्रविणकुमार चौधरी र श्रीजन झा, दलिततर्फ प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, वसन्त विक र सन्तोषकुमार बराइली तथा एसोसिएटतर्फ योगेश खपांगी, रामकृष्ण ज्ञवाली र बैकुण्ठराज पराजुलीले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्षमा रामकृष्ण अधिकारी, रामकृष्ण ज्ञवाली र शन्तराम विडारीले उम्मेदवारी दिएका छन्। अध्यक्षदेखि कोषाध्यक्षसम्म एक एक पद रहेका छन्। महासंघको नेतृत्व चयनका लागि मंसीर २८ गते मतदान हुनेछ।

उम्मेदवारको सूची:

fnj_1.jpg

fnj_2.jpg

fnj_3.jpgfnj_4.jpg

प्रकाशित मिति: २०२४-१२-०६ , समय : २१:५०:०५ , २ हप्ता अगाडि