सर्लाहीमा बत्ती जोड्दा करेन्ट लागेर एक युवकको मृत्यु

रेडियो गौशाला , २०६३  पटक हेरिएको

गौशाला –  सर्लाहीमा लक्ष्मीपूजाको लागि बत्ती जडान गर्दा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

सर्लाही स्थित रहेको  धनकौल गाउँपालिका–२ का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु छ ।

बिहीबार साँझ घरको छतमा तार जोड्नेक्रममा करेन्ट लागेर सिंह गम्भीर घाइते भएका थिए ।

उनलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर लगिएको थियो । अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-११-०१ , समय : ११:२२:५० , २ महिना अगाडि