८६ वर्षीया वृद्धा हत्याको आरोपमा एक युवा पक्राउ

रेडियो गौशाला , ६८१  पटक हेरिएको

धादिङ- धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ सिम्लेमा ८६ बर्षिया वृद्धाको हत्या भएको छ ।  बुधवार राति अन्दाजी ११ बजे  तिर ८६ वर्षीया सुन्तली माया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी  डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ ।

हत्या भएको खबर लगत्तै पाण्डेले आफ्नै नेतृत्वमा प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई खोजेका थिए । हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउसमेत गरेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर–८ को मैदी भन्ज्याङबाट भाग्दै गरेको अवस्थामा बिहीबार बिहान गोर्खा आरुघाट गाउँपालिका निवासी २९ वर्षीय विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खाबाट धादिङको सिद्धलेक गाउँपालिकास्थित सिम्लेमा आफन्तको घरमा गएको बेला छिमेकी सुन्तली मायालाई राति आफन्त लालबहादुर घलेको बारीमा लगी हत्या गरेर छाडिदिएको प्रारम्भिक वयानमा विजयले  बताएको प्रहरीले जानकारी दिएको छ ।

हत्याको कारण भने खुल्न सकेको छैन । युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।

प्रकाशित मिति: २०२४-१०-१८ , समय : ११:२०:१७ , २ महिना अगाडि