महोत्तरीमा माता भवानी दुर्गाको बिसर्जन कार्यक्रम धुमधामका साथ मनाइदै

रेडियो गौशाला , २१६२  पटक हेरिएको

 

नेहा साह

महोत्तरी गौशाला-   बडादशैँको  अवसरमा महोत्तरीको गौशाला  नगरपालिका-५ स्थित गौशाला बजारमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति बिहिबार  बिसर्जन गरिरहेको छ  | माता भावानीको मुर्ति बिसर्जनका लागि ब्याण्ड बाजाको व्यास्ता समेत रहेको छ । दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष  उपेन्दर साहले जानकारी दिए । गौशाला बजारबाट छट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई ब्रम्स्थान,  जिरोमाइल चोक,  पानिटयांकी,  सोमंचोक, मल्हनिया पोखरी हुँदै नगर परिक्रमा गरी सेलाउन लागिएको  हो । दुर्गा मूर्ति बिसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै  नगर प्रहरीको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष  साहले जानकारी दिए । बडादशैँको पुर्णिमा  दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवी-देवतालाई बिहिबार  बिहान; ८ बजे पण्डित  पुजारीले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा बिसर्जन गरिदै छ  ।

प्रकाशित मिति: २०२४-१०-१७ , समय : १०:५३:१७ , २ महिना अगाडि