रेडियो गौशाला , ३१५८ पटक हेरिएको
सप्तरी – सप्तरीमा मुर्ति सेलाउन गएको एक युवकको नदीमा डुबेर मृत्यु भएको छ |
श्रीकृष्ण जन्माष्टमी पर्व सकिएपछि मूर्ती सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ ।
बुधबार दिउँसो सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित त्रियुगा नदीको हेड बाँधमा डुबेर सोही नगरपालिका वडा नं. २ निवासी २२ वर्षिय रोहन राजधामीको मृत्यु भएको हो ।
मूर्ती सेलाउन स्थानीयहरुसँगै गएका राजधामीलाई डुबेको करिब आधी घण्टा पश्चात् स्थानीयले उद्दार गरी एम्बुलेन्समा राखेर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।
जिल्लामा गत वर्ष पनि मूर्ती सेलाउन गएका दुई जना युवकको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको थियो । पोखरीमा डुबेर मृत्यु हुने घटना बृद्धि भइरहेकोमा चिन्ता व्यक्त गरेको जिलला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले यसमा अभिभावकको पनि दोष हुने गरेको बताए ।
अभिभावकले आफ्ना सन्तान कता छन्, के गर्दैछन् भनेर पर्याप्त ध्यान दिनुपर्ने उनको सुझाव समेत छ ।
प्रकाशित मिति: २०२४-०८-२९ , समय : १०:२९:२४ , ४ महिना अगाडि