रेडियो गौशाला , ५६८ पटक हेरिएको
महोत्तरी – महोत्तरीमा पत्रकार निकेश खनालमाथि कुटपिट भएको छ । कुटपिटबाट घाइते भएका पत्रकार खनालको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव रामनारायण महतोले जानकारी दिए ।
बर्दिवासका मेयर प्रहलाद कुमार क्षेत्रीको घरमा बसी रहेको बेला पत्रकार खनाललाई बर्दिवास १ बस्ने ५० वर्षीय रामकुमार रिसालले कुटपिट गरेको बताइएको छ । ‘म मेयरसाबको घरमा बसी रहेको बेला एक्कासी आएका रिसालले कुटपिट गर्यो,’ घटनाक्रम सुनाउँदै पत्रकार खनालले भने ।
कुटपिटबाट खनालको कान र आँखाका चोट लागेको छ । उनको चश्मा समेत फुटेको छ । घाइते पत्रकार खनालका परिवारले दोषीलाई कार्वाहीको इलाका प्रहरी कार्यालय बर्दिवासमा निवेदन दिएका छन् ।
यता कुटपिट गर्ने रिसालले लेनदेनको विवादमा झगडा भएको स्वीकार गरेका छन् । उनका अनुसार खनाल प्रबन्धक भई कार्यरत रहेको मिडियाका एक कर्मचारी संगको पुरानो लेनदेन सम्बन्धी विवाद हुँदा झगडा भएको हो । उक्त कर्मचारीले रकम लिएर भागेको हुँदा खनालको मिडियाको कर्मचारी भएको नाताले उसले नै तिर्नुपर्ने भन्ने विषयमा विवाद भएर झगडा भएको रिसालको भनाइ छ ।
प्रकाशित मिति: २०२४-०८-१६ , समय : १८:२९:०७ , ४ महिना अगाडि