रेडियो गौशाला , ८२६ पटक हेरिएको
महोत्तरी-महोत्तरीको भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प भएको छ।
महोत्तरी स्थित भंगहा नगरपालिकाका कर्मचारी माथि हातपात हुदा पालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो। नगरपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राहीहरु सास्ती भोग्न बाध्य भएका छन् ।
भंगहा नगरपालिकाको कार्यालयमा कर्मचारीमाथि हातपात भएको विरोधमा कामकाज मंगलबारदेखि ठप्प छन् । सो नगरपालिकामा कार्यरत छैठौं अधिकृतस्तरका कर्मचारी सुर्यनारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडा नं. ९ का स्थायीवासिन्दा मुकेशकुमार यादवले हातपातसंगै अभद्र व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।
सो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै भंगहा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा कर्मचारीहरुले ठप्प पारेका छन् । सेवा ठप्प हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
यता कर्मचारीमाथि आक्रमण गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै नगरपालिकामा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभुति गराउनुपर्ने उनीहरुको माग छ ।
घटनाले राष्ट्रसेवक कर्मचारीहरूको जीउज्यानको असुरक्षा र डर, भय त्रासको वातावरणका कारण कार्यालयमा कामकाज गर्न असहज भएको उनीहरुले बताएका छन् ।
कर्मचारीहरुले सेवा ठप्प हुँदा सेवाग्राहीहरूलाई पर्नसक्ने असुविधाका लागि क्षमायाचना गर्दै, यसको सम्पूर्ण जिम्मेवारी मुकेश कुमार यादवले लिनुपर्ने जिकिर गरेका छन्
प्रकाशित मिति: २०२४-०८-१५ , समय : १०:०३:१५ , ५ महिना अगाडि