डेङ्गी सङ्क्रमणदर ५० प्रतिशतले घट्यो ।।

रेडियो गौशाला , ३४१७  पटक हेरिएको

अघिल्लो महिनाको तुलनामा नेपालमा डेङ्गी सङ्क्रमणको दर ५० प्रतिशतले घटेको छ । असोजको दोस्रो सातासम्म २७ हजारमा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा कात्तिक महिनामा भने दोस्रो सातासम्ममा १३ हजारमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । चिसो मौसमको सुरू भएसँगै नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या कम भएको छ । तर, सङ्क्रमणको जोखिम भने कायमै रहेको सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन् । जथाभावी जडिबुटि सेवन गर्दा फाईदा भन्दा नोक्सानी गर्ने सम्भावना भएको भन्दै त्यस्तो जोखिम लिन नहुने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर शेर बहादुर पुनले बताउनुभयो । नेपालमा गत साउनदेखि हालसम्म कुल ४६ हजार ७३८ जनामा डेङ्गी सङ्क्रमण पुष्टी भइसकेको छ भने सङ्क्रमणका कारण ५४जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : १३:३३:०९ , २ वर्ष अगाडि