रेडियो गौशाला , १२७२ पटक हेरिएको
महोत्तरी – महोत्तरीको औरही नगरपालिकाको आयोजनामा राष्ट्रिय कार्यक्रम आई.पि. भी खोप अभियान पोलियो खोप सम्बन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ २१ गते देखि २६ गते सम्म लगाइने खोपमा २०७३ वैशाख महिना देखि २०७५ असोज महिनासम्म जन्मिएका बालवालिकालाई आई पि. भी खोप लगाउनको लागि सम्पुर्ण तयारी पुरा भएको औरही स्वास्थ्य शाखा प्रमुख चन्द्र भुस्न ठाकुरले जानकारी दिएका छन् ।
महोत्तरीको औरगी नगरपालिकामा ४ हजार ४ सय६८ जना बालबालिकालाइ खोप लगाउन २४ स्थान तोकिएको छ ।शाखा प्रमुख ठाकुरले आई.पि. भी खोपको प्रयोग, खोप लगाएपछि हुनसक्ने प्रतिकुल असर पोलियो उन्मूलनको अवस्था लगायतका विषयमा जनप्रतिनिधि,स्वास्थ्यकर्मी, संचारकर्मी लगायतलाई जानकारी गराएका थिए ।
अभिमुखीकरण कार्यक्रम औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्का र नगरउपप्रमुख रेनु झा लगायतले
मन्तव्य राख्दै नगरभित्रका सबै बालवालिकालाई खोप नछुटाई लगाइ दिन स्वास्थ्यकर्मीहरुलाईआग्रह गरे । कार्यक्रम स्वास्थ्य स- संयोजन रविन्द्र यादवको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: २०२४-०६-०३ , समय : १०:५४:३७ , ८ महिना अगाडि