सडक निर्माणको शिलान्यास गर्दै पूर्व मन्त्री कुश्वाहाले भने-‘ विकास–निर्माणलाई सधैँ प्राथमिकतामा राख्छु’

रेडियो गौशाला , १६६६  पटक हेरिएको

महोत्तरी – मनरा शिसवा नगरपालिकामा पि सि सि सडक ढलानको शिलान्यास भएको छ ।महाेतरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट निर्वचित मधेस प्रदेश सांसद सरोज सिंह कुश्वाहाले महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नम्बर २ भोल्ही देखि इटहरवाकट्टी जाने सडककाे शिलान्यास गरिएकाे छ ।

मधेश प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहा र मनरा शिसवा नगरपालिकाका नगर प्रमुख मोहन पाण्डेद्वारा संयुक्तरुपमा सो पि सि सि सडक ढलानकाे शिलान्यास गरिएको हो। पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरु लाई असाढको महिनामा आवत जावत गर्न समस्या भइरहेकाेले साे कार्यकाे थाल्नि गर्नलागेकाे बताएकाे छ ।

आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट करिब २० लाखको लागतमा सडक ढलान गराउन लागेको बताए। जिल्लाका विभिन्न पालिकाबाट सिमापारी हाटबजार गर्न आउने मानिसहरुकाे लागि मुख्य बाटाे रहेकाेले याे सडककाे कार्यले स्थानिलगायत आवत जावत गर्नेहरुकाेलागि सहज हुने छन ।

१२५ मिटिर लम्बाइ र १८ फिट चाैडाइ सम्म पि सि सि सडक ढलान काे शिलान्यास गरेकाे छ । २० लाखको लागतमा ढलान हुन लागेको कुश्वाहाले बताए। सडक ढलान भएपछि आवश्यक्ता अनुसार यस क्षेत्रका जनतालाई सहज हुनुकाेसाथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बताए ।

सो अवसरमा उहाले भने जसपाले मधेस प्रदेसमा जसपाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिएको बताउँदै समृद्ध नेपाल निर्माणको अभियानमा आफूहरू सधैँ सक्रिय रहने प्रतिबद्धता जनाएको छ । जसपाको सङ्गठनलाई अझै मजबूत बनाउन उनले नेता कार्यकर्तालाई सुझाव बताए।

पूर्व मन्त्री कुश्वाहाले आफ्नो क्षेत्रको विकास निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै स्थानीय सरकारको समन्वय र सहयोग पनि अपरिहार्य रहेको बताइन् ।

उक्त शिलान्यास कार्यक्रममा यस नगरपालिकाका नगर प्रमुख माेहन पाण्डे ,वडा अध्यक्ष नरेश कुमार सिंह लगायत स्थानियहरुकाे उपस्थिति रहेका थिए ।

प्रकाशित मिति: २०२४-०५-१६ , समय : १९:४६:०७ , ८ महिना अगाडि