रेडियो गौशाला , ४०५९ पटक हेरिएको
गौशाला । मिटरव्याजी साहुको समुहले महोत्तरीको औरही बजारमा पत्रकारको संचार सामाग्री खोसेर फुटाइ दिएका छन् । मिटर व्याजी पीडितको समाचार संकलन गरिरहेका शीरिष न्यूजका समाचारदाता प्रेमबाबु यदुवंशीको संचार समाग्री मोवाईल उनीहरुले फुटाइदिएका छन् । नयाँ पत्रिका दैनिकका महोत्तरी समाचारदाता रञ्जन भण्डारीको मोवाईल पनि साहुहरुले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । पत्रकार यदुवंशीका अनुसार भण्डारीको मोवाईल फिर्ता दिएपनि आफ्नो मोवाईल साहुको समुहले खोसेर फुटाइदिएको छ ।
मिटरब्याज पीडितहरुले औरही बजारमा भेला गर्दै संघर्ष समिति गठन गर्न गएका थिए । त्यो भेलालाई विथोल्नका लागि साहुहरु एक जुट भएका थिए । सोहीक्रममा साहुहरुले पीडितमाथि कुटपीट, गालीगलोज गरेका थिए । सो घटनाको भीडीयो खिच्दै गर्दा पत्रकार यदुवंशीको संचारसमाग्री मोवाइल नियन्त्रणमा लिएर फुटाइदिएको हो ।
नेपाल पत्रकार महासंघ महोत्तरीका शाखा सचिव राजकरण महतोले पत्रकारको संचारसमाग्री फुटाउने र दुव्र्यवहार गर्ने समुहलाई कडा कारवाही माग गरेका छन् । इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोज कुमार यादवलाई फोन सम्पर्क गरेर घटनाको अनुसन्धान गरि दोषिलाई कडा कारवाहीको माग गरेका छन् । घटना स्थलमा रहेका इन्स्पेक्टर यादवले दोषिको खोजतला भइरहेको बताएका छन् ।
प्रकाशित मिति: २०२४-०५-०१ , समय : १३:५७:२६ , ८ महिना अगाडि