सुनचाँदीको भाउ घट्यो

रेडियो गौशाला , २२९८७  पटक हेरिएको

काठमाडौ, २२ माघ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यसअघि, आइतबार छापावाल सुन १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति: २०२४-०२-०५ , समय : २०:४२:५५ , ११ महिना अगाडि