रेडियो गौशाला , ६८७२ पटक हेरिएको
सिरहा, २२ माघ । सिरहाको मिर्चैयास्थित राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।
सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ ।
निर्माणमा ढिलाई भएका कारण कटारी चोकमा स्थानीयहरू बिहानैदेखि सडक अवरुद्ध पारेका हुन् । मिर्चैयामा यथाशीघ्र कालोपत्रे गरिनुपर्ने स्थानीयको माग छ ।
स्थानीयले यस पटकपटक आन्दोलन गर्दै आएता पनि काममा तीव्रता पाएको छैन ।
प्रकाशित मिति: २०२४-०२-०५ , समय : २०:३१:४३ , ११ महिना अगाडि