रेडियो गौशाला , ३१०८ पटक हेरिएको
बिपुल कुशवाहा, हरिवन । सर्लाहीको हरिवन नगरपालिका – २ स्थित रहेको सिर्जनशील युवा क्लबद्वारा दुई दिने युवा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग र हेल्भेटास नेपालसँगको साझेदारी तथा हरिवन नगरपालिकाको सहकार्यमा सहयोगी समाज नेपाल, सर्लाहीले संचालन गरेको स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रबर्द्धन (प्रोयेल) परियोजना अन्तर्गत सिर्जनशिल युवा क्लब हरिवन, सर्लाहीद्वारा संचालित “स्थानीय शासनमा युवा नेतृत्व“ उप–परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको थियो ।
तालिममा हरिवन नगरपालिका वडा नं २, ४ र ५ का १६ देखि २५ वर्षसम्मका २४ जना युवाहरूको सहभागीता रहेको थियो । जस कार्यक्रमको उद्घोषण गायत्री परियारज्यूले गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथिको रुपमा हरिवन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुनकुमार योङजङ, विशिष्ट अतिथिको रूपमा स्थानीय शासन प्रकृयामा युवा संलग्नता प्रबर्द्धन प्रयोजना मधेस प्रदेश संयोजक निरमा चौधरी, अतिथिको रूपमा हरिवन युवा सञ्जालका सदस्य एक सुशासन अभ्यासकर्ता विपुल कुशवाहाको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि अर्जुनकुमार योङ्गज्यूले हरिवन नगरपालिकालाई युवा मैत्री नगरपालिका बनाउनुको निमित्त नगरसभामा नीति निर्माण कार्यको लागि छलफल भइरहेको बताए । जसमा हरिवन नगरपालिकाको युवाहरूको सृजनशीलता नेतृत्व विकासको कुराहरू समेटिनेछ भन्ने जानकारी दिए । नगर भित्र छरिएर रहेका युवाहरुलाई एक ठाउमा ल्याइ उनिहरुलाइ शस्क्त बनाउन निति तर्जुमा गर्न नगरमा पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
प्रकाशित मिति: २०२४-०१-२९ , समय : २१:०६:४२ , ११ महिना अगाडि