रेडियो गौशाला , ९७४२ पटक हेरिएको
गौशाला । गौशालाका क्यान्सर पीडित हजरा खातुनले उपचारमा सहयोग गर्न आग्रह गरेकी छिन् ।गौशला नगरपालिका – १० की ४० वर्षीया हजारा खातुन क्यान्सरबाट पीडित हुन्। उनलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको लागि सबै मनकारीहरु संग आग्रह गरेकी हुन् ।
परिवारिक स्रोतका अनुसार खातुनको उपचारमा मेडिकल कलेज भरतपुर,चितवनमा ठूलो रकम खर्च हुने देखिएको र निजको आर्थिक स्थिति कमजोर समेत रहेकोले स्वास्थ लागि आर्थिक सहयोग गरि दिनु हुन् सबैमा हार्दिक अनुरोध गरेका छिन् ।
‘हाल उनको अवस्था सुधारोन्मुख छ ।अहिलेसम्म उपचारमा २ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका जेठाजु मोहमद हासिमले भने, ‘थप १० लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’
खातुनलाई सहयोग जुटाउन खातुनको आफ्नै नेपाल बैक लि. गौशाला,महोत्तरी को शाखामा रहेको ०९४०११०७५९५३८४०००००१ नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि विरामीका जेठाजु मोहमद हासिमको मोबाइल नम्बर ९७०२०७६४२८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२३-१२-०७ , समय : ०९:०७:५४ , १ वर्ष अगाडि