गौशालामा आउँदो आर्थिक वर्षमा गौशाला क्रिकेट एकेडेमी संचालन गर्ने : मेयर डा. दिपेन्द्र महतो

रेडियो गौशाला , ४३२२  पटक हेरिएको

गौशाला । महोत्तरीको गौशालामा आउँदो आर्थिक वर्षमा गौशाला क्रिकेट एकेडेमी संचालन गर्ने ः मेयर डा. दिपेन्द्र महतोले घोषणा गरेको छ । गौशाला नगरपालिकामा आउँदो आर्थिक वर्षमा गौशाला क्रिकेट एकेडेमी संचालन गर्ने घोषणा मेयर डा. दिपेन्द्र महतोले गरेको हो ।

गौशाला नगरपालिका १० स्थित रहेको बटौवामा आयोजित जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्टको उद्वाटन सत्रलाई सम्बोधन गर्दै मेयर डा. दिपेन्द्र महतोले अहिलेको समयमा युवाहरुलाई लागुऔंषधको कुलतबाट बचाउन खेलकुदको अति आवश्यक रहेकोले आउँदो आर्थिक वर्षमा खेलमैदान सहितको गौशाला क्रिकेट एकेडेमीको स्थापना गर्ने मेयर डा. महतोले बताउनुभयो ।

गौशाला नगरपालिका १० स्थित बटौवामा रहेको खेल मैदानमा आजदेखि उषा ईन्जिनियरिङ्ग कन्सलटेन्सी प्रा.लि.को आयोजना र गौशाला नगरपालिका साथै विभिन्न संघ संस्था तथा खेल प्रेमीहरुको विशेष सहयोगमा जिल्ला स्तरीय नकआउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएका छन् ।

नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठ पर्वको शुभ अवसरमा आयोजित खेल आज कार्तिक १ गतेदेखि १० गतेसम्म संचालन हुने खेलमा ३२ वटा टिम सहभागि हुने आयोजक संस्थाका सञ्चालक ई.संजित कुमार महतोले बताए ।

टुर्नामेन्टमा प्रथम स्थान ल्याउने टिमलाई ५० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र त्यस्तै द्रोस्रो स्थान ल्याउने टिमलाई ३० हजार रुपैयाँ र सिल्ड साथै प्रमाण पत्र दिईने आयोजक टिमले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१०-१९ , समय : ०४:५५:०७ , १ वर्ष अगाडि