रेडियो गौशाला , ११४६१ पटक हेरिएको
बिबेक कुमार महतो, गौशाला । महोत्तरी-गौशाला नगरपालिकाको वडा नं. ११ स्वास्थ्य चौकी भरतपुरमा बुधवार देखि बर्थिंग सेन्टर एवम् ल्याब सेवाको शुभारम्भ भएको छ ।
गौशाला नगरपालिकाको वडा नं. ११ स्थित दिपेन्द्र बजारमा संचालित स्वास्थ्य चौकी भरतपुरमा बर्थिंग सेन्टर एवम् ल्याब सेवाको शुभारम्भ भएको हो । बर्थिंग सेन्टर एवम् ल्याब सेवाको उदघाटन गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले गरेका हुन् ।
नगर प्रमुख महतोले उदघाटन समारोहलाई सम्बोधन गर्दै गाउँ कै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा भएपछि सुत्केरी हुनका लागि अन्य ठाउँमा जानू पर्ने बाध्यताको अन्त्य भएको बताए ।
उनले भने, ‘प्रसूति हुनका लागि लाखौँ खर्च हुने गर्दथ्यो । कमजोर आर्थिक अवस्था भएका गर्भवती घरमै असुरिक्षत रुपमा बच्चा जन्माउन बाध्य थिए । घरमै सुत्केरी हुनुलाई मातृ शिशु स्वास्थ्यका हिसाबले जोखिम मानिन्छ ।’
यस बर्थिङ सेन्टरबाट वडा नं. १०, ९ र १२ लगायतका गर्भवतीहरुलाई पनि सुविधा पुग्ने जनाइएको छ ।
साथै उक्त अबसरमा स्वास्थ्य चौकी भरतपुरका जग्गादाता राम औतार महतोलाई नगर प्रमुख डा. दिपेन्द्र महतो, नगर उप–प्रमुख रेणु कुमारी महतो र वडा नं. ११ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता राम पृत महतो कोईरीले दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
प्रकाशित मिति: २०२३-१०-०४ , समय : २०:३६:०० , १ वर्ष अगाडि