रेडियो गौशाला , ७७९७ पटक हेरिएको
जनकपुरधाम- उच्च अदालत जनकपुरले जनकपुरधाम उप–महानगरपालिकालाई सफा राख्न आदेश जारी गरेको छ ।
फोहर व्यवस्थापन गर्न नसकेको भन्दै उच्च अदालत जनकपुरमा अधिवक्ताद्वय राकेशकुमार साह र लक्ष्मी ठाकुरले रिट दायर गरेका थिए । दायर गरेको रिटमा नेपालमा रहेको वातावरणसंग सम्वन्धित नेपालको संविधान, ऐन, नियममा भएको कानुनी व्यवस्थाहरुलाई तत्काल कार्यान्वयन गर्न हाम्रो पहल र निगरानी भइ रहने गर्दछ तर कानुन कार्यान्वयनमा विपक्षीहरु निरन्तर लाग्नुपर्नेमा आजसम्म जनकपुरधाम उपमहानगरपालिका भित्रको फोहर व्यवस्थापन हुन नसकेकोले आज फोहर मैलाको कारणले विकराल रुप लिँदासम्म कानुनमा विपक्षीहरुलाई दिएको जिम्मेवारी कानून बमोजिम कार्यान्वयनमा लागेको नदेखिएको उल्लेख गरिएको छ ।
रिटमा पिडारी चोक, रामानन्द चोक, जिरो माईल चोक, महावीर चोक, बाह्रविघा भित्र, कदम चोक, दशरथ तलाउ चोक, हस्पीटल रोड समेत समग्र बजार क्षेत्र भित्र रहेको सडक पेटी, ढल, विजुलीको पिलर भिते लेखन जस्ता फोहरजन्य मैलाहरु दैनिक रुपमा देखिएको उल्लेख छ । सडकको दुबै तर्फको नालामा पानी खाने १ लिटरको वोतल, प्लाष्टिकको झोला, कागजको कार्टुन आदि जम्मा हुन गइ बजारको ढल नै पुरै बन्द भएको छ । जसको कारण पानी आउँदा पानी बाहिर बजारमा निस्कने अवस्था छैन भने त्यहाँको फोहर त्यही कुहिन गइ दुर्गन्धित भइ बजारमा लामखुट्टेको बिगबिगी भइ सम्पूर्ण नगरबासीको स्वस्थ्यमा समेत प्रत्यक्ष असर पर्ने गरेको उल्लेख छ ।
नगरभित्रको सडक र चोकचोकमा विजुलीको पोल, रुख, भिता वा सार्वजनीक पर्खाल, वोट विरुवालाई सुरक्षा गर्नको लागि घेरी राखेको पर्खाल भित्र, चोकको मूर्ति वारिपरि आदि समेतमा गैरकानूनी रुपमा पर्चा पम्पेल्ट टाँसिएको, भिते लेखन गरिएको छ जसले जनकपुरधाम कुरुप बन्दै गएको सो रिटमा उल्लेख छ । पोलहरुमा टाँसिएको झुण्डाइएको विज्ञापन बोर्डहरु यत्रतत्र देखिन्छ, ति सबै दृश्यहरुले नगरको फोहर देखिनुको साथै प्रदूषित समेत भएकोले यसको व्यवस्थापन नहुनुमा उपमहानगरपालिकाको भूमिका रहेको छ यसको प्रमाणको रुपमा निवेदकले आफैले खिचीं पेश गरेको फोटोहरुले प्रष्ट पार्दछ अधिवक्ताद्वयले दायर गरेको रिटमा भनिएको छ ।
दायर गरिएको रिटमा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यलय, वातावरण विभाग, जनकपुरधाम उपमहानगरपालिकालाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति: २०२३-१०-०४ , समय : १२:४८:१४ , १ वर्ष अगाडि