गौशालामा मुस्लिम समुदायले मनाए ‘मोहम्मद डे’

रेडियो गौशाला , ३८७७  पटक हेरिएको

लभ ठाकुर, गौशाला । मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफा ‘मोहम्मद डे’ को १४ सय ९८ औँ जन्मोत्सव महोत्तरीको गौशालामा मनाइएको छ ।

पैगम्वर हजरत मुहम्मदलाई इस्लाम धर्मको मुख्य प्रचारको धर्म गुरुको रूपमा मुस्लिम धर्मालम्बीहरूले लिने गरेका छन् । इस्लाम धर्मममा अल्लाह तथा खुदाको सबैभन्दा नजिकको दूतको रूपमा पैगम्वर हजरत मुहम्मदलाई लिने गरिन्छ ।

मुस्लिम समुदायको विभिन्न संघसंस्था, मदरसा, मस्जिदलगायतको आयोजनामा गौशालाका विभिन्न ठाउँहरूमा ¥र्याली निकालेर ‘मोहम्मद डे’ मनाएको हो । धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित मुस्लिम समुदाय नगर परिक्रमा गरेका छन् ।

इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा पैगम्बर महम्मदको जन्म भएकाले यो दिन हरेक वर्ष मुस्लिम समुदाय जन्म जयन्ती मनाउँदै आएका छन् ।

¥र्यालीमा गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द महतो, लगायतका जनपतिनीधीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०९-२८ , समय : २२:०७:५२ , १ वर्ष अगाडि