बर्दिबासमा सवारी दुर्घटना हुदा एकै परिवारका दुई जनाको मृत्यु

रेडियो गौशाला , २६७५  पटक हेरिएको

गौशाला । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा परि एकै घरका दुई जनाको मृत्यु भएको छ ।

बर्दिबास औरही सडक खण्ड अन्तर्गत बर्दिबास नगरपालिका– २ मा सोमबार साँझ स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबु छोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा नं. – ८ हात्तीलेट (खजुरीया) बस्ने वर्ष ५५ का उपेन्द्र महतो र उनकी छोरी वर्ष २२ की रविना महतो रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारको लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्याइएको थियो । उपचारको क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज (मंगलबार) बिहान मृत्यु भएको डिएसपी गिरीले जानकारी दिए । दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास– ४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ । बुबा छोरीको मृत्युुले गाउँ नै शोकमा डुबेको छ ।

मृत्क महतो लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का नेता थिए ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : २१:२९:१३ , १ वर्ष अगाडि