आँखा पाक्ने रोगले गौशाला नगरपालिकाका विद्यालयहरु तीन दिनका लागि बन्द

रेडियो गौशाला , ८६७६  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गरेको छ ।

नगरपालिका भित्र विद्यालयमा अध्ययनरत बालबालिका र शिक्षकसमेतमा समेत आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गौशाला नगरपालिकाका शिक्षा अधिकृत वीर बहादुर बलम्पाकी द्वारा जारी विज्ञप्ति अनुसार साउन २४ गतेदेखि २६ गतेसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १४:०४:०४ , १ वर्ष अगाडि