निजामती कर्मचारीलाई विवाह बिदा दिने प्रस्ताव

रेडियो गौशाला , १६५२  पटक हेरिएको

काठमाडौँ । संघीय सरकारले निजामती कर्मचारीलाई विवाह बिदा दिने प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा राय-सहमतिका लागि पठाएको ऐनको मस्यौदामा विवाह बिदा दिने भनेको छ ।

सिंहदरवार उच्च स्रोतबाट प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विधेयकको मस्यौदाको दफा १२३ मा निजामती कर्मचारीले पाउने बिदा अन्तर्गत ‘छ’ मा विवाह बिदा उल्लेख छ ।

यसअघि भैपरी आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा र असाधारण बिदा दिँदै आएकोमा नयाँ बन्ने संघीय निजामती सेवा ऐनमा विवाह बिदासमेत थप गरिएको हो ।

नेपाल स्वास्थ्य सेवाका कर्मचारीले भने माथिका बिदाबाहेक तोकिए बमोजिमको सट्टा बिदासमेत पाउने भनिएको छ ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०६:४७:१२ , २ वर्ष अगाडि