मधेश : नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको पुग्यो

रेडियो गौशाला , १२३५  पटक हेरिएको

जनकपुरधाम- धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको छ ।

रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ ।

खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा सुरु भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १३:००:१५ , २ वर्ष अगाडि