रेडियो गौशाला , ५५४३ पटक हेरिएको
काठमाडौं- नेपालमा थप २४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : १८:५९:०८ , २ वर्ष अगाडि