आज अदालतमा हाजिर हुँदै छन् इमरान खान

रेडियो गौशाला , ८२८  पटक हेरिएको

एजेन्सी- भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा उपस्थित हुँदै छन् । यो घटनामा उनीविरुद्ध गैर-जमानती वारेन्ट जारी भएको थियो ।

खानलाई १८ मार्चमा अदालतमा हाजिर हुन भनिएको थियो । मुद्दाको सुनुवाइ गर्ने ठाउँ बदलिएको छ । सुनुवाइ इस्लामाबादको सत्र न्यायालयको ठाउँमा न्युडिसियल कम्पलेक्समा हुने पाकिस्तानी मिडियाले जनाएका छन् ।

तहरिक ए इन्साफ पार्टी (पीटीआई) का अध्यक्ष खानले आफ्नो सुरक्षालाई लिएर चिन्ता जनाएका थिए । यही कारण उनले अदालतमा उपस्थित हुन असमर्थ हुने बताएका थिए । यसैलाई हेरेर सुनुवाइको ठाउँ बदलिएको हो ।

उता खानलाई लाहौर उच्च अदालतले नाै मुद्दामा सुरक्षात्मक जमानत पनि दिइएको छ । उनका कानुन व्यवसायीले अदालतसँग भनेका थिए, ‘यदि उनलाई १५ दिन दिइयो भने सबै मुद्दामा हाजिर हुने कोसिस गर्नेछन् ।’

अदालतले खानलाई २८ मार्चसम्मका लागि बेल दिएको छ ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : ०९:५७:१५ , २ वर्ष अगाडि