मधेस प्रदेशमा एमालेको समर्थन तत्काल कायमै रहने

रेडियो गौशाला , ३७९१  पटक हेरिएको

जनकपुरधाम- मधेस प्रदेशमा नेकपा एमालेको समर्थन अहिले कायमै रहने भएको छ।

सोमबार केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेपनि मधेस प्रदेशमा भने अहिले समर्थन कायमै रहने एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए।

उनले तत्काल मधेस सरकारलाई समर्थन कायम रहने र एमाले सरकारमै रहने बताए।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा एमालेका २५ जना प्रदेशसभा सदस्य छन्।

मधेस सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन्।

मधेसमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहे पनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने सिंगो सदनको विश्वासको मत पाएका थिए।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १५:४९:१९ , २ वर्ष अगाडि