रेडियो गौशाला , ७४९ पटक हेरिएको
सिरहा- सदरमुकाम सिराहामा रहेको मुलुकको जेठोमध्येको एक चन्द्र माध्यमिक विद्यालय सिराहाले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
एक सय आठ वर्ष पूरा गरेको यस विद्यालयले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेको हो । यसै क्रममा विद्यालयले साताव्यापी कार्यक्रमको अन्तिम दिन आइतबार हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।
वि.सं. १९७१ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पहलमा सिराहामा ‘चन्द्र मिडिल हाइस्कुल’ सञ्चालनमा आएको थियो ।
प्राविधिक तथा व्यावसायिक पठनपाठन सुरु गरेको विद्यालयमा अहिले बालकक्षादेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ । त्यससँगै इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङतर्फ पठनपाठन भइरहेको छ ।
यस विद्यालयमा तीन हजारभन्दा बढी बालबालिका पठनपाठन गरिरहेको विद्यालयका प्राचार्य मधुसुदन कर्णले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०२-२७ , समय : ११:४५:३७ , २ वर्ष अगाडि