रेडियो गौशाला , ११५८ पटक हेरिएको
जनकपुरधाम- मधेशी समुदायबाट प्रथम महिला सिडिओको रुपमा बारा जिल्लाकी प्रदर्शनी कुमारी जिम्मेवारी सम्हालेकी हुन् ।
उनी ओखलढुँगाकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएकी हुन् । मधेश प्रदेशको बारा जिल्लाको प्रसौनी वडा नं. ३ बस्ने प्रदर्शनी कुमारी गत माघ ११ गते ओखलढुँगा जिल्ला प्रमुखको रुपमा हाजिरी भएकी हुन् ।
उनी मधेशी समुदायबाट पहिलो सिडिओ बनेकी हुन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् । मधेशी समुदायबाट पहिलो महिला सिडिओ भएपछि समाजिक सँजालमा बधाई दिनेहरुको लर्को देखिएको छ ।
प्रकाशित मिति: २०२३-०२-०८ , समय : १०:२८:०३ , २ वर्ष अगाडि