बर्दिवासमा दोश्रो मेयर गोल्ड कप फुटवल प्रतियोगिता सुरु हुने

रेडियो गौशाला , ६२१  पटक हेरिएको

महोत्तरी- महोत्तरीको बर्दिवासमा दोश्रो मेयर गोल्ड कप फुटवल प्रतियोगिता आगामी माघ २६ गतेबाट शुरु हुने भएको छ । बर्दिवास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको आयोजक समितिले जनाएको छ ।

एन्फाको स्वीकृती लिएर राष्ट्रिय स्तरको खेल बर्दिवासमा यो पहिलोपटक आयोजना गरिएको समितिका अध्यक्ष दिपेन्द्र कुमार शिवभक्तिले जानकारी दिए । ५ लाख प्रथम पुरस्कार र द्धितिय पुरस्कार ३ लाख रहेको समितिले जनाएको छ ।

खेलको अनुमानित बजेट ४५ लाख रहेको शिवभक्तिले बताए । बर्दिवास नगरपालिकाको ३० लाख र अन्य रकम सहयोगबाट उठाउने योजना रहेको उनले बताए । बर्दिवास रंगशालामा हुने प्रतियोगिता फागुन ४ गतेसम्म चल्ने खेलकुद समितिले जनाएको छ ।

प्रतियोगितामा बागमती युवा क्लब,विरगंज यूनाईटेड,क्यामरुन एफ सी काठमाण्डौ“,झापा ११ फुटबल क्लब,बर्दिवास युथ क्लब,पेमा युवा क्लब विराटनगर,ब्वाइज युनियन क्लब काठमाण्डौ“ र धरान फुटबल क्लबले भाग लिने आयोजकले जनाएको छ । ८ वटा समुहका राष्ट्रिय स्तरका खेलाडिले प्रतियोगितामा भाग लिएकाले यस खेल निकै महत्वपूर्ण र रोमान्चक हुने आयोजकको विश्वास रहेको शिवभक्तिले बताए ।

महोत्तरीबाट बर्दिवास युथ क्लबले प्रतियोगितामा खेल खेल्ने भएको छ । प्रतियोगितामा खेल्न बर्दिवासबाट १ सय ५ जना खेलाडिले आवेदन दिएकोमा ३५ जना छनौट गरि आवश्यक प्रशिक्षण दिने काम भैरहेको समितिका सचिव अर्जुन बस्नेतले जानकारी दिए ।

प्रशिक्षण लिएका ३५ जनामध्यबाट २२ जना छनौट गरिने बस्नेतले बताए । बस्नेतका अनुसार प्रशिक्षक कुल बहादुर श्रेष्ठ पप्पुले बर्दिवास रंगशालाकै मैदानमा खेलाडिहरुलाई प्रशिक्षण दिईरहेका छन् ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : ०७:३८:१४ , २ वर्ष अगाडि