सुरिता साह बनिन् मधेश प्रदेशकै पहिलो महिला ‘क्याबिनेट’ मन्त्री

रेडियो गौशाला , ७९१  पटक हेरिएको

जनकपुरधाम- मधेश प्रदेशकै पहिलो महिला क्याबिनेट मन्त्री सुरिताकुमारी साह बनेकी छन् । महोत्तरी क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता कुमारी साह जसपा प्रवेश गर्दा समाजिक विकास मन्त्री बनेकी हुन् ।

मधेश सरकारले शुक्रबार गरेको मन्त्री परिषद विस्तारमा उनी मन्त्री बनेकी हुन् । सुरिता मन्त्री पदकै लागि केही दिन अघि जसपामा प्रवेश गरेकी थिइन् । मन्त्री भएकी सुरिता २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट प्रत्यक्ष जितेकी थिइन् । पछि जसपा हुँदै लोसपा हुँदा पनि उनलाई कुनैपनि पद पाइनन् ।

गत चुनावमा गठबन्धनको भागवण्डामा उनको क्षेत्र काँग्रेसको भागमा परेपछि पार्टी परित्याग गर्दै स्वतन्त्रबाट चुनाव लडेकी थिइन् । उनले काँग्रेसका उम्मेदवार नागेश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् । सरकार गठनको बेला समर्थन दिएकी सुरिता मन्त्री पाउने सर्तमा जसपा प्रवेश गरेकी थिइन् । मधेश प्रदेश सरकारकै पहिलो क्याबिनेट मन्त्री बन्ने सौभाग्य पाएकी हुन् । यसअघि लालबाबु राउत नेतृत्वको सरकारमा महिलालाई क्याबिनेट मन्त्री बनाइएको थिएन ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : ०८:५८:१३ , २ वर्ष अगाडि