मुस्लिमलाई मधेशीमै राख्न मधेशी आयोगलाई मुस्लिम आयोगले पठायो पत्र

रेडियो गौशाला , ७४७  पटक हेरिएको

जनकपुरधाम- मुस्लिमलाई मधेशीकै रुपमा सिफारिस गरिदिन मुस्लिम आयोगले मधेशी मधेशी आयोगलाई आग्रह गरेको छ । मुस्लिम आयोगले पत्र लेख्दै मधेशी आयोगलाई लोकसेवा आयोग लगायत अन्य निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई मधेशी सिफारिस दिन आग्रह गरेको हो ।

मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको छ । मधेशी आयोग द्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो ।

प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारी सहित सो समुदायका विभिन्न संघ(संगठनहरुले मधेशी आयोगको सो निर्णयप्रति विरोध जनाएका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।

 

प्रकाशित मिति: २०२३-०२-०३ , समय : १३:२६:३६ , २ वर्ष अगाडि