टीकापुर घटनाको सुनुवाइ आज हुँदै

रेडियो गौशाला , ७८९  पटक हेरिएको

काठमाडाैँ – २०७२ भदौ ७ गते घटेकाे टीकापुर घटनाकाे सुनुवाइ मंगलबार हुँदैछ। यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज सर्वाेच्च अदालतमा बहस हुन लागेकाे हाे।

टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दाेलन भएकाे थियाे। साेही क्रममा टीकापुर घटना घटेकाे हाे।

घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

करिब त्यसको २ वर्षपछि पनि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले अहिलेसम्म प्रतिवेदन पेस गरेकाे छैन।

प्रकाशित मिति: २०२३-०१-३१ , समय : १३:२०:४५ , २ वर्ष अगाडि