रेडियो गौशाला , ६५३ पटक हेरिएको
काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाली काँग्रेसप्रति सङ्केत गर्दै उनले सरकारमा नहुनेको ध्यान यसलाई ढाल्नेतर्फ गइरहेको जिकिर गरे ।
बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने र टिकाउने खेलभन्दा माथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक एक्सरसाइज’ गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे । मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरूले कोसिस गरिरहेको उनको भनाइ छ ।
“अब सरकारको पनि ध्यान कता जाओस्, कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने ? यो खालको अवस्थाबाटचाहिँ हामीहरू अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक एक्सरसाइज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ,” उनले भने, “त्यस काममा यहाँहरूको भन्दा जिम्मेवारी बढी हाम्रो छ । त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौँ । हामी त्यसलाई ठिक बाटोमा लैजाने कोसिसमा छौ ।”
प्रकाशित मिति: २०२३-०१-२५ , समय : १६:०८:५४ , २ वर्ष अगाडि