कलर रिङ्ग ब्याक ट्युनमा छठको धुन राख्न माग

रेडियो गौशाला , १४८८  पटक हेरिएको

जनकपुरधाम- नेपालको मुख्य दुई दुरसञ्चार संस्था एनसेल र नेपाल टेलिकमलाई कलर रिङ्ग ब्याक ट्युनमा छठको धुन राख्न विभिन्न व्यक्तिले जोडदार माग गरेका छन् ।

देशका पत्रकार, साहित्यकार, नेता, समाजसेवी लगायत व्यक्तिहरुले उक्त धुन राख्न माग गरेका हुन् ।

वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल भन्नुहुन्छ, ’यो कुनै एउटा समुदायमा मनाइने पर्व मात्र होईन मुलुकका धेरैजसो ठाउँमा छठ पर्व मनाईन्छ र यो पर्व राष्ट्रिय पर्व रहेको हुँदा सो धुन राख्दा एक अर्का प्रतिको सम्मान बढ्छ ।’

सबै समुदायलाई ऐक्यवद्ध बनाउने यो पर्व रहेको बताउँदै भने मुलुक समुदाय र परिवारसमेत खण्ड विखण्डमा रहेको वर्तमान अवस्थालाई पनि एक्यवद्ध बनाउन यो धुन राख्दा सेवा प्रदायक संस्था प्रती समेत अपनत्व बढ्ने डा. विमलको भनाई छ ।

’केरबा जे फरलै घउर से तै पर सुगा मरराई… तैपर सुगा मरराई, मारबौ रे सुगवा धनुष से सुगा गिरि मुरछाई…सुगा गिर मुरछाई’ यो गीत गुन गुनाउदै बासुरीको धुन गुनगुनाउदै बासुरीको धुन राख्न सुझाव वरिष्ठ साहित्यकार डा. विमलले दिए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यस विषयमा सम्बन्धित निकायमा आवश्यक पहल गर्ने बताए । मुख्यमन्त्री राउतले भने सबैको समुदायको सम्मानका निम्ति पनि यस पर्वको लोक धुन राख्न आवश्यक छ ।

गीतकार, गजलकार, पत्रकार र संस्कृतविद् तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका धिरेन्द्र प्रेमर्षि फेसबुकमा लेख्नछन्, ओ NTC र NCELL, अब पनि लोकतान्त्रिक नेपालको हुने कि साबिक एकपक्षीय राष्ट्रवादकै डम्फू बजाइराख्ने? तिहारभरि द्यौँसीको धुन सुनियो, अब छठिको धुन बजाउ! ।

त्यसैगरी युवा अभियन्ता बिटु मिश्र ट्वीरमा दुरसञ्चार सेवा प्रदायक संस्था एनसेल र एनटीसिलाई मेन्सन गर्दै, आज तिहार सक्यो, अबको ४ दिन ’छठ पर्वको धुन’ बजाइदिने कि? भनेर प्रश्न गरेका छन् । उनले फेसबुकमा म्यासेजमार्फत पनि धुन राखिदिन आग्रह गरेका हुन् ।

त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले समाजिक सञ्जाल फेसबुक र टवीटरमा नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी Nepal_Telecom र #Ncell लाई दशैँ लाग्यो, तिहार नी लाग्यो। अब छठपर्व पनि लागोस। CRBT मा छठको धुन बजोस। यो धेरैठुलो अपेक्षा हैन । भनेर सुझाएका छन् ।

पत्रकार श्याम सुन्दर शशिले पनि आफ्नो फेसबुक टाईमलाईनमा एनटिसी र एनसेललाई थाहा होस,मिथिला मधेसमा पनि तपाईका उपभोक्ता छन् । रिंगटोनमा छठि गीत राखेर उपभोक्तालाई सम्मान गर । भनेर लेखेका छन् ।

युवा नेता सितेश झाले पनि समाजिक सञ्जाल फेसबुकमार्फत यस्तै माग राखेका छन् ।

यसै प्रकारले मधेस मिथिला तथा मुलुकका विभिन्न व्यक्तिले यो विषयलाई विशेष रुपमा विभिन्न माध्यमबाट जोडदार रुपमा माग गरेका छन् ।

 

प्रकाशित मिति: २०२२-१०-२८ , समय : १७:३४:०१ , २ वर्ष अगाडि