लक्ष्मीको अगमन संगसंगै : बर्दिवास अस्पतालमा गर्भवती महिलाको सफल शल्यक्रिया

रेडियो गौशाला , १२५८  पटक हेरिएको

बर्दिवास- महोत्तरीको बर्दिवास अस्पतालमा शल्यक्रिया सुुरु भएको छ । माघ ४ गते बुुधवार अस्पतालको उद्धघाटन भए संगै आज शनिवार पहिलो शल्यक्रिया सफल भएको छ ।

आज भएको पहिलो शल्यक्रिया दुुई जना गर्भवती महिलाका सफल शल्यक्रिया भएको अस्पतालका अध्यक्ष जय नरायण शर्माले बताउनुु भयो । उनका अनुुसार, गौशला नगरपालिका वडा १ कुसमारी की हिरामाया भट्टराई लाई शनिवार बिहान बेथा चलेपछि बर्दिवास अस्पतालमा ल्याएर ए एन सि भित्र चेक गरिएपछि उनलाई दिउँसो अस्पतालको विशेषज्ञ डाक्टरहरु वाट सफल शल्यक्रिया गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

उनी संगै आएकी मिथिला नगरपालिका वडा ८ तुुलसी की अम्बीका सुुन्दासलाई दिउको वेथा लागेर बर्दिवासमा भेकजाच गर्ने क्रममा पेटमा रहेको बच्चाले फोहर खाएपछि उनलाई पनि दिउसो ४ बजे एक्कासी शल्यक्रिया गराउर्नुु परेका अध्यक्ष शर्माले बताउनुभयो ।

बर्दिवास अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा महर्जलका अनुुसार अस्पतालमा पहिलो शल्यक्रिया भएको हुुनाले शल्यक्रिया सफल हुुन्छ वा हुुदैन भनिएपछि विरामीहरुका आफन्तलाई हामीले भनियो, हामी संग वरिष्ठ डाक्टरहरु रहेका छन तपाईहरुलाई कुुनै चिन्ता मान्नु पदैन , भनिए पछि विरामीका आफन्तले पुुन : शल्यक्रिया गराउन सहमती भएको बताउनुुभयो ।

आज गरिएको सफल शल्यक्रियामा अस्पतालकाम संगै डा. किशोर अधिकारी ,डा.उद्य प्रताप सिंह, सिनियनर नर्स चन्दीका अधिकारी, एनेस्थेसियामा बिनोद कुमार सिंह ,कनक पान्डे साथै स्टाफ नर्स रिता यादब ओटि असिस्टेन्ट राजेश साह ,शर्मिला ठकुरी समेतको सन्युक्त टोलिबाट शल्यक्रिया सम्पन्न गरिएको डा.महर्जलले बताउनुभयो ।

स्थानीय सरकार आए लगतै बदिवासका नागरिकको जनजीवनसँग जोडिएको स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लागायतका क्षेत्रमा उल्लेख्यनीय परिवर्तन भएको गौशला नगरपालिका १ कुसमारी बस्ने अस्पतामा विरामिको कुर्वा बस्न आएको सुुनिल भट्टराईले बताए । उन्ले भने यस वर्दिवास नगरपालिका र गौशला नगरपालिकामा अकाश पतालको फरक हरेको छ । हाम्रो नगरपालिकाका नगरवासीले नागरिकको जनजीवनसँग जोडिएको क्षेत्रमा खासै परिवर्तको महसुस गर्न नसकिएपनि बर्दिवास नगरपालिको मेयर प्रहलाद कुुमार क्षेत्रीले यस नगरपालिकाको आम जनतालाई यसको महसुुसमा टेवा पुर्‍याउदै गईरहनुु भएको सेवाग्रही भट्टराईले बताए ।

यता बर्दिवास नगरपालिकका मेयर प्रहलाद कुुमार क्षेत्रीले भन्नुभयो,“ बर्दिवास अस्पताको प्रगति प्रति धरैनै खुुसी भएको छुु । अस्पतालका डाक्टर नर्स र अस्पताल व्यवस्थापन समिले लाई आज भएको पहिलो सफल शल्यक्रिया प्रति मलाई थप प्रेरण मिलेको छ ।

निरर्वाचन भए लगतै नगरपाकिलको कुुर्सिमा बस्दै गर्दा,मैले भनेको थिए यस बर्दिवास नगरपालिका स्वास्थ्य,सेवा बाट कुुनै पनि जनता बन्चित हुनुुहुदैन त्उसको फल स्वरुप मैले सरोकारले दिदै गरेको प्रतोसाहन भत्ता भन्दा थाप हाम्रो नगरपालिकाको सरकारी अस्पतलमा सुत्केरीहरुलाई एक हजार गरि जम्मा दुुईहजार र नियमित स्वाथ्य चेकजाच ठहर भएपछि आठ सय गरि जम्मा २८ सय दिने नगर प्रमुुख क्षेत्रीले बताउनुभयो ।

  

प्रकाशित मिति: २०२३-०१-२२ , समय : १२:५५:४७ , २ वर्ष अगाडि