सशस्त्र प्रहरीको ब्यारेकको क्यान्टिनमा कुकर पड्किँडा ३ जना घाइते

रेडियो गौशाला , ८६०  पटक हेरिएको

काठमाडौं– सशस्त्रको ब्यारेकको क्यान्टिनमा कुकर पड्किँदा तीन जना घाइते भएका छन्। सशस्त्र हेडक्वाटर हल्चोक पछाडि रहेको कार्यदल गण रहेको क्यान्टिनमामा कुकर पड्किँदा तीन जना घाइते भएका हुन्।

घटना शनिबार रातिको हो। खाना बनाउने क्रममा कुकर पड्किएको हो। कुकर पड्किँदा सशस्त्र जवानद्वय हिरा सिंह बराल, यमनाथ योगी र क्यान्टिन सन्चालकका ११ वर्षीय छोरा आयुस बुढा घाइते भएको सशस्त्र स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

घाइते तीनै जनाको उपचार क्रीतिपुर अस्पतालमा भैरहेको छ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : १५:०५:५८ , २ वर्ष अगाडि