बर्दिबास उद्योग वाणिज्य संघ : युवा व्यवसायी फुयालले लिए उम्मेदवारी फिर्ता, उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गर्ने

रेडियो गौशाला , ४९०१६  पटक हेरिएको

बर्दिबास । बर्दिबासका युवा व्यवसायी सागर फुयालले बर्दिबास उद्योग वाणिज्य संघमा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । मंसिर २५ गते सदस्य पदकालागि मनोनयन दर्ता गराएका फुयालले उम्मेदवारी फिर्ता लिदै बिष्णु बहादुर खड्का प्यानललाइ समर्थन गर्ने बताएका हुन् ।
एकल उम्मेदवारीले निर्वाचित भएर पनि काम गर्न कठिन हुने बताउदै उनले युवाहरुको परिवर्तनको चाहनालाई आत्मसाथ गर्दै खड्का प्यानललाई सघाउने निर्णय गरेको बताएका छन् ।

त्यसैगरी मंगलबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम अन्तर्गत फुयालले मात्र उम्मेदवारी फिर्ता लिएको संघका कार्यालय सहायक घनश्याम न्यौपानेले जनाएका छन ।

अब बर्दिबास उद्योग वाणिज्य संघमा अध्यक्षमा ३ सहित २७ जना प्रतिस्पर्धामा छन । बिष्णु बहादुर खड्का र कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद गौतम प्यानल सहित प्रतिस्पर्धामा छन भने जागेन्द्र श्रेष्ठले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् । आज बुधबार उम्मेदवारहरुलाइ चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २०२२-१२-१४ , समय : ०८:५४:२६ , २ वर्ष अगाडि