रेडियो गौशाला , २१३६ पटक हेरिएको
बिबेक कुमार महतो, गौशाला। पूर्व पत्रकार अमृत कुमार महतो आज भोलि आफ्नो जन्मस्थान भएको गाउकै बिधालयमा रमाउदै आएको देखिन्छ ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नं. ९ पशुपतिनगर स्थित रहेको बनरझुल्ला मा.वि.मा लकडाउनको मौकछोपी जनसहयोगी युवा सञ्जालकाले निमार्ण गरेका बगैँचामा फुलको झारी सरसफाई गरेको देखिएको छ ।
बुधबार पूर्व पत्रकार महतो लकडाउनको मौकछोपी जनसहयोगी युवा सञ्जालकाले निमार्ण गरेका सो विद्यालयको बगैँचामा फुलको झारी सरसफाई गरेको देखिएको छ ।
करोना महामारीले लकडाउन भएपछि विभिन्न ठाउँबाट गाउँ फर्केका युवाहरुको समूहले विद्यालयलाई र्निर्माण गरेका थिए । उनीहरुले मुठ्ठी दान अभियान सञ्चालन गरेर करिब ५३ लाखको लागतमा जनसहयोगी युवा सञ्जालकाले विद्यालयमा बगैँचा निमार्ण गरेका थिए ।
सञ्जालका अध्यक्ष परमेश्वर महतोका अनुसार तीन पुस्तामा नबदलिएको सामुदायिक स्कुल कोरोना महामारीकालमा समुदायकै सहयोगमा रुपान्तरण भएको छ । विद्यालयमा युवाहरुको समूहले बालउद्यान, चौतारा, खेलमैदानलगायत विद्यालयमा वृक्षारोपन गरेका थिए ।
प्रकाशित मिति: २०२२-१२-०९ , समय : ०६:०१:१७ , २ वर्ष अगाडि