रेडियो गौशाला , १४८५ पटक हेरिएको
बङ्गलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ । आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए । यसपछि सो आँधीबाट ज्यान जानेको सङ्खया २८ पुगेको बताइएको छ ।
बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ । सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।
प्रकाशित मिति: २०२२-१०-२६ , समय : १६:५१:०३ , २ वर्ष अगाडि