रेडियो गौशाला , १५५४ पटक हेरिएको
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो।
भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको काँग्रेस नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्।
‘गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन्।
निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो। त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राखेका थिए।
प्रकाशित मिति: २०२२-१२-०२ , समय : ०६:२३:०७ , २ वर्ष अगाडि