रेडियो गौशाला , ९३३ पटक हेरिएको
महोत्तरी- महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ ।
आज जिल्लाको सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतबाट ल्याइएको ८ लाख ५४ हजार वरावरको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा मोटरसाइकल, खाध्यन्न समाग्री गरि उक्त मुल्यको सामाग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए ।
भन्सार छलीको सवै सामान थप अनुसन्धानको लागी भन्सार कार्यालय जलेश्वरस्थित मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-१२-०२ , समय : ०६:०८:०८ , २ वर्ष अगाडि